नियम ३६
संयुक्त समितिको प्रतिवेदन
(१) संयुक्त समितिले आफूलाई सुम्पिएको कामका सम्बन्धमा छलफल र छानबिन गरी सिफारिस सहितको प्रतिवेदन तयार गर्नेछ । (२) संयुक्त समितिको प्रतिवेदन सो संयुक्त समिति गठन गरियोस् भनी प्रस्ताव उत्पत्ति भएको सदनमा संयुक्त समितिको सभापतिले र सभापति उपस्थित हुन नसकेमा सभामुखको अनुमति लिई सो समितिको कुनै सदस्यले प्रस्तुत गर्नेछ । (३) उपनियम (२) बमोजिम प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल गरी सो सदनले आफ्नो निर्णय सहित अर्को सदनमा सन्देश पठाउनु पर्नेछ ।